नर्स कुनै रोबर्ट होइन, मेसिन होइन, मान्छे हो मन हुन्छ । कहिलेकाही सानो- सानो कुराहरुमा पनि मन दुख्नु त कहिले जस्तै ठुलो पहाड खसे पनि निडर भएको नाटक गर्नु बाध्यता हो ।
रुनु पो सकिन्न, बिरामी र कुरुवा सामु मन त रुन्छ नि । कयौ पटक टुट्ने, एकान्तमा गएर आशु पुछ्दै बाहिरि मुस्कान दिने हाम्रो आदत नै हो जुन पेशागत धर्म जस्तै बन्न पुगेको छ । यदि बिरामी सन्चो भएर हासिदिदा सबैभन्दा पहिला खुशी हामि नर्स हुन्छौ । बिरामीलाई केहि अप्ठ्यारो परे हामीलाई दुख्छ। भन्न पो सकिन्न हाम्रो पनि मन त दुख्छ नि, आशु त झर्छ नि । हामीले कयौ पटक आफन्त गुमाएका बेला त दिल खोलेर रुन पाइन्न, किनकि हामि नर्स हौ । रुन पनि एकान्त ठाउँ रोज्नुपर्छ । आशु देखायो भने सबैको प्रश्न हुन्छ- “नर्स पनि रुन्छन”? नर्स त दरो पो हुनुपर्छ । किनकि हामीलाई डाको छोडेर रुन, सबैको सामु आशु देखाउन पनि पाइन्न किनकि हामि नर्स हौ । हामीमा कुनै कुराको स्वतन्त्रता छैन ।
सेवारत नर्सबाट कुनै गल्ति भएको हुनसक्छ वा केहि त्रुटी भएको होला तर यसरि एकतर्फी रुपमा आरोप लगाई सामाजिक संजाल मार्फत बदनाम गर्नुले गिभिनाको सामाजिक पहिचान माथि प्रश्न चिन्ह खडा भएको छ । एक नारीले अर्को नारीको सम्मान गर्न र सत्य-तथ्य बुझ्न किन कन्जुस्याई गरेको ?
हाम्रो आफ्नै पिडा छन्, अनेक समस्या होलान तर पनि पेशागत सेवामा सदैब खटिएकै हुन्छौ । केहि दिन अघि मात्र सामाजिक संजालमा चर्चित गिभिना मगरले एकतर्फी रुपमा भिडियो बनाएर टिकटकमा हाली नकारात्मकता फैलाउने कार्य गरेको प्रति उहाँको परिपक्वतामा केहि कमि देखियो कि ?
पक्कै पनि सेवारत नर्सबाट कुनै गल्ति भएको हुनसक्छ वा केहि त्रुटी भएको होला तर यसरि एकतर्फी रुपमा आरोप लगाई सामाजिक संजाल मार्फत यो नर्सिंग पेशालाई नै बदनाम गर्नुले गिभिनाको सामाजिक पहिचान माथि प्रश्न चिन्ह खडा भएको छ । एक नारीले अर्को नारीको सम्मान गर्न र सत्य-तथ्य बुझ्न किन कन्जुस्याई गरेको ? बिरामीको सेवामा भएको कमजोरीलाई प्रशासन मार्फत जानु उचित कि हतारमा भिडियो बनाएर बदनाम गर्नु ठिक गिभिना बहिनि ?
सामाजिक संजालमा उक्त भिडियो राख्दा पक्कै पनि धेरै लाइक र कमेन्टको बर्षा भयो होला तर तपाई जस्तै अन्य नारि जो अहोरात्र बिरामीको सेवामा खटिरहेका छौ, आफ्नो पेशागत धर्म पुरा गर्न लागि परेका छौ के यो नकारात्मकता फैलाउदा तपाईलाई खुशी लाग्यो ? सामाजिक संजालको प्रयोग गर्दै संबेदनशील बिषयलाई बाहिर ल्याउन पाइन्छ होला तर एक ब्यबसायिक नर्सको व्यक्तिगत पहिचानलाई सार्बजनिक गर्न र एकतर्फी गल्ति औल्याउनु सामाजिक संजालको दुरुपयोग गरे जस्तो लाग्दैन ?
सत्यता बुझ्न आबस्यक छ सबैले । नर्सिंग पेशामा आबद्द नर्सहरुबाट कमीकमजोरी हुनुको मुख्य कारण बिरामीको चाप अनुसार अस्पत्तालमा नर्स नहुनु पनि हुनसक्छ । एउटा नर्सले १५-२० जना बिरामीको सेवामा खटिनु परेको सत्यता सायद लुकाउन मिल्छ । यस्ता अनेक समस्या हुन्छन जुन आफैमा कमजोरी बन्न पुग्छ तर यहाँ कमजोरी नर्सको मात्र भएको मान्न सकिन्न किनभने अस्पताल प्रशासनले सेवालाई चुस्तदुरुस्त राख्न सेवारत कर्मचारीहरुको मनोबल उच्च बनाउन विभिन्न तालिम तथा सुधारात्मक गोष्ठीहरु आयोजना गर्नुपर्दछ । स्वतन्त्र र नियमपुर्बक कार्य संचालनार्थ नियमित रिपोर्टहरुको कार्यान्वयन गराउदै जानुपर्दछ भन्ने लाग्छ । स्वास्थ्य संस्थाहरुले ब्यबसायिक गुणस्तर सुधार गर्नुका साथै प्रयाप्त जनशक्तिको पनि ब्यबस्थापन गर्न ध्यान दिने पर्ने देखिन्छ ।
“हस्पिटलको मुटु रे नर्स” – भनाईमा मात्र सिमित कहिलेसम्म ? अरे मुटुलाई स्वस्थ्य राख्न हामि जति आफु कसरत गर्छौ, बिशेष ध्यान दिन्छौँ नि त्यति नै हस्पिटलको मुटुलाई पनि स्वास्थ्य राख्न कसरत र बिशेष ध्यानको जरुरत पर्दैन ?
नर्सलाई धेरै अनुशासन सिकाईयो तर तिनै अनुशासनमा बस्न खोज्दा दर्जनौ प्रश्नको सामना गर्नुपर्ने किन ? हरेक कुरामा प्रश्न माथि प्रश्न आउँछ ।
“हस्पिटलको मुटु रे नर्स” – भनाईमा मात्र सिमित कहिलेसम्म ? अरे मुटुलाई स्वस्थ्य राख्न हामि जति आफु कसरत गर्छौ, बिशेष ध्यान दिन्छौँ नि त्यति नै हस्पिटलको मुटुलाई पनि स्वास्थ्य राख्न कसरत र बिशेष ध्यानको जरुरत पर्दैन ?
खैर.. कुरा त्यहि हो, नर्सहरु कुनै रोबर्ट होइनन्, कुनै मेसिन पनि होइनन् मात्रै सपना ठुलो सजाएर पढेको हामी नर्स !!
सपना.. सपना… सपना…. बिरामीको सेवा गर्ने सपना, पढेको ऋण तिर्ने सपना, घरको आर्थिक स्तर सुधार्ने सपना, बृद्ध बा-आमालाई उपचार गर्न र स्याहार गर्न सजिलो बनाउने यहि होइन मुख्य सपना ?
नर्स कुनै रोबर्ट होइन नि ! उही शरीर, मन अनि हरेक सम्बेदना भएको मानब नै होइन र ? भोक, प्यास, अनिदो र सबैको बचन सहेर काममा खटिएका हुन्छन, आखिर कसले बुझ्ने ?
बाकि रह्यो स्वास्थ्य र अस्वास्थ्यता… अस्वस्थ्यता त त्यो दिन देखि सुरु हुन्छ जुन दिन हामी कलेजको पढाई सकेर काम खोज्न देशभरका अस्पताल अनि शहरका गल्लि-गल्लिमा खुलेका पोलिक्लिनिक साथै प्राइभेट अस्पत्ताल धाउदै आफ्नो सर्टिफिकेटको फोटोकपी बाध्दै हिड्छौ… सकिन्छ घरको पैसा… बा- दाजुले खेतबारी गर्दै अनि बिदेशमा पसिना बगाएर कमाएको पैसा सकिन्छ अनि बल्ल बोलाइन्छ इन्टरभिउको लागि अनि भन्छन अनुभवी नर्स चाहियो… त्यही तुहिन्छ सपना ! अनि सुरु हुन्छ मानसिक अस्वस्थता ।
सानो जागिर पाउन जहाँ पनि अनुभवी मात्र खोज्ने ? ३-४ बर्ष मिहेनत गरि पढेको अनि विभिन्न अस्पतालहरुमा प्रत्यक्ष ट्रेनिङ्ग गरेकोलाई के भन्ने ? के त्यो अनुभव होइन ? हाम्रो सर्टिफिकेट अनुभव बिना वितरण गरिएको कागज हो ? अरे काम त् गर्न देउ, हाम्रो पढाई गरेको अनुभव निखार्ने मौका त देउ ।
अस्वस्थ्य त तब हुन्छौ जब काम पाएर कामको भार अनुसारको सेवा सुबिधा पाउदैनौ । संगै काम गर्ने नर्स दिदि-बहिनीहरुले सिनिएर- जुनिएर भनेर ट्याग लगाई दिन्छन अनि नयाँ नर्स भन्दै आफुले नगरिएको गल्तिको आरोप सहनु पर्छ । अस्वस्थ त्यो दिन सुरु हुन्छ जुन दिन डाक्टरको नमिठो बचन, बिरामीको आशा, रोदन- चिच्याहट अनि कुरुवाहरुको अविस्वास र अपमानित भेदभाव भोग्नुपर्दछ, जागिरकै लागि सहदै बस्नुपर्दछ ।
काम र समयको कुनै ठोस मापदण्ड नै हुदैन । बिहान काममा गएको छोरि-बहिनी जब दिन ढलेपछि बल्ल घर पुग्छिन अनि बा-आमाले सोधेको प्रश्नको उत्तरमा मलिन हुदै बिरामीको चाप छोडेर आउन नसकेर ढिला भएको प्रस्टीकरण दिनुपर्दछ । नर्सको लागि न कुनै काम गर्ने निर्धारित समय छ न कुनै खान- आराम गर्न निश्चित समय नै हुन्छ ।
नर्स कुनै रोबर्ट होइन नि ! उही शरीर, मन अनि हरेक सम्बेदना भएको मानब नै होइन र ? भोक, प्यास, अनिदो र सबैको बचन सहेर काममा खटिएका हुन्छन, आखिर कसले बुझ्ने ?
सामाजिक संजालमा फैलने यस्ता नकारात्मकताले सम्पूर्ण पेशागत कर्मचारीको मनोबलमा नैराश्यता नआओस भन्नका निम्ति अस्पताल, संस्था समेत आफुमा भएका कमजोरीलाई समयमै सुधार गर्दै जानु पर्ने देखिन्छ साथै सामाजिक संजालमा एकतर्फी रुपमा प्रशारण गरिने यस्ता भिडियोकै आधारमा नकारात्मक टिका-टिप्पणी गरिहाल्नु पनि उचित होइन कि भन्ने कुरामा सबै जिम्मेवार नागरिक र निकायहरुको समेत ध्यान केन्द्रित होस्।
जितकला राई
(स्टाफ नर्स)
टेम्केमैयूङ्ग -०५, खावा
भोजपूर, नेपाल