राप्रपाको नयाँ मार्गचित्र, देशको नेतृत्व गर्ने लक्ष्यसहित केन्द्रीय समितिका निर्णय यस्तो


लेखक : लेखापढी      ३ जेष्ठ २०८०, बुधबार १७:३६ मा प्रकाशित     
राप्रपाको नयाँ मार्गचित्र, देशको नेतृत्व गर्ने लक्ष्यसहित केन्द्रीय समितिका निर्णय यस्तो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन राप्रपाको अवधारणा पारित गरेको छ। 

जेठ १ गतेबाट बसेको केन्द्रीय कमिटीको बैठकले नवीन राप्रपाको अवधारणा पारित गर्दै आगामी पाँच वर्षभित्र राप्रपालाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्य बनाएको प्रवक्ता सगुनसुन्दर लावतीले बताए।

राप्रपालाई पूर्णता नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति गर्ने रणनीति र कार्यनीति अवलम्बन गरिएको बताए।

यस्तै, बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणदेखि क्यान्टोनमेन्ट, ललिता निवास, एनसेल प्रकरण, वाइडबडी काण्डलगायत भ्रष्टाचारको छानबिन गर्न माग गरेको छ।

यस्तै २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न समेत माग गरेको छ।

बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तयार पारेको प्रतिवेदन अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेका थिए।