ओलीले हिन्दू राज्यको पक्षमा धारणा नराख्न निर्देशन


लेखक : लेखापढी      ३० बैशाख २०८०, शनिबार १९:४१ मा प्रकाशित     
ओलीले हिन्दू राज्यको पक्षमा धारणा नराख्न निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा नेताहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गरेका छन।पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दू राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएका छन् ।

उनले भने “दुई चार जनाले हिन्दू राज्य भन्छन्, उनीहरुकै कुरा मानेर हिँड्ने होइन”।अब मुलुक हिन्दू राज्यतिर नफर्कने पनि प्रष्ट पारे ।

छिमेकी राष्ट्र भारतको उदाहरण दिँदै उनले हिन्दूस्तान नाम भएपनि भारत हिन्दू राज्य होइन, धर्म निरपेक्ष देश हो। राज्यको कुनै धर्म हुँदैन र यो मुलुक सबै धर्मालम्बीहरुको भएको उनले बताए