बागमती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना


लेखक : लेखापढी      ३० बैशाख २०८०, शनिबार १८:०० मा प्रकाशित     
बागमती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना

विसं २०७० जेठ ५ देखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुईघण्टा सञ्चालन हुने गरेको छ। आज सफाइ महाअभियानको ५२२औँ हप्तामा पूर्वमुख्यसचिव लीलामणि पौडेल, वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो। सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ र अर्को शनिबार बिहान पनि यसै स्थानमा सफाइ गरिने जनाइएको छ।

“राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा”नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ। 

काठमाडौँ महानगरपालिकाले सफाइस्थलमै रसिद काटेर दोषीलाई कारबाही गर्ने अभियान नै चलाउने भएको छ।महाअभियानले प्रत्येक हप्ता जरिवाना लिने रसिदसहित नगर प्रहरी र कर्मचारी पठाइ सहयोग गरिदिन महानगर प्रमुख बालेन शाहसँग अनुरोध गरेका थिए।