यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ


लेखक : लेखापढी      २९ बैशाख २०८०, शुक्रबार १४:०८ मा प्रकाशित     
यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ

खोटाङ- यौन दुर्व्यवहारको आरोपमा खोटाङका डा.मदन राई पक्राउ परेका छन् । कृषि विज्ञ समेत रहेका राईलाई खोटाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको डीएसपी गुरुङको भनाइ छ । 

राईमाथि आफै सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।