५ वर्षमा नवीकरण हुने चालक अनुमतिपत्र अब १० वर्षमा गर्ने तयारी


५ वर्षमा नवीकरण हुने चालक अनुमतिपत्र अब १० वर्षमा गर्ने तयारी

सरकारले सवारी चालक अनुमतिपत्र १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ । हाल ५/५ वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ। 

अहिलेको व्यवस्था झन्झटिलो भएको भन्दै १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको हो ।सरकारले ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा थप ५ वर्ष लाइसेन्स नवीकरण नगर्नुपर्ने गरी प्रस्ताव ल्याइएको छ ।

नयाँ स्मार्ट कार्ड छाप्न र वितरण गर्न समेत लोड कम हुने अनि पाँच वर्षमा छिटो हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी गराएका छन्।