राष्ट्रपतिदेखि वडाअध्यक्षसम्मलाई दिने सुविधा कटौती गर्नुपर्छ


राष्ट्रपतिदेखि वडाअध्यक्षसम्मलाई दिने सुविधा कटौती गर्नुपर्छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिदेखि वडाअध्यक्षसम्मलाई दिइरहेका तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन्।

धादिङबेसीमा आयोजित कार्यक्रममा महामन्त्री थापाले बोल्दै देशको आर्थिक भार बढ्दै गइरहेको बेला स्वास्थ उपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै आर्थिक मन्दी कम गर्न सकिने बताए।सबैले स्वास्थ उपचारका नाममा लिने रकम राज्यको ढुकुटीबाट खर्च गर्दिनँ भनेर प्रतिबद्ध हुनुपर्ने र व्यवहारमा लागू गर्न सक्नुपर्ने कुरा बताए।

देशको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने कुरा व्यक्त गरे। सबै सांसदले यस्तो आर्थिक मन्दीको बेला हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौँ भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ।