“उर्वशी -सुक्त” नाटक बैशाख १ देखि ११ गतेसम्म पोखरा थिएटरमा


“उर्वशी -सुक्त”  नाटक बैशाख १ देखि ११ गतेसम्म पोखरा थिएटरमा

नाटक “उर्वशी-सुक्त” २०८० बैशाख १ देखि ११ गतेसम्म पोखरा थिएटर (गन्धर्वनाटक घर ) गैह्रापाटन मा मञ्चन हुदैछ ।

नाटक बैशाख १ गते दिउँसो १ बजे नयाँ बर्षको शुभकामना आदानप्रदानको रुपमा उद्घाटन तथा मञ्चन गर्न लागिएको हो । बैशाख २ देखि ११ गते सम्म सोमबार बाहेक प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ भने सोमबार बैशाख ४ र११ गते दिउँसो २ बजे र शनिबार बैशाख २ र ९ गते दिउसो १ बजे मञ्चन हुनेछ ।
शिव सङकल्पद्वारा लिखीत र त्रिबेणि जिले निर्देशन गर्नुभएको उक्त नाटकमा दिप्सना बिश्वकर्मा ,रमेश बाबू तिमल्सेना ,एलिजा बुढाथोकी ,राजेन्द्र अधिकारी ,सुशील बराल ,धनकाजी श्रेष्ठ ,अनुसा परियार ,रन्जु दहाल,प्रीयंका खड्का ,रोशन पोख्रेल ,प्रतीक घिमिरे दिलप्रसाद गुरुङ र आदि कलाकार रहेका छन ।

Urbashi Sukta उर्वशी सूक्त Promo