नेपाली सेनाले खुलायो नर्सदेखि पुजारीसम्मलाई जागिर


लेखक : लेखापढी      २४ चैत्र २०७९, शुक्रबार १३:४४ मा प्रकाशित     
नेपाली सेनाले खुलायो नर्सदेखि पुजारीसम्मलाई जागिर

काठमाडौँ- नेपाली सेनाले प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिय तथा विल्लादार पदहरूमा दरखास्त आह्वान गरेको छ।

आज गोरखापत्रमा सूचना निकालेर नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा जागिर खुलाएको हो।

खुला तथा समावेशी प्रतियोगिताबाट नर्सदेखि पुजारीसम्म पदपूर्ति गर्न सेनाले इच्छुकबाट दरखास्तसमेत मागेको छ।

रु.१० को टिकट टाँसेर स्वयम उपस्थित भई नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दरखास्त फारम बुझाउन सकिन्छ।

आजदेखि २०८० वैशाख २४ गतेसम्म फारम बुझाउने समय दिइएको छ। नर्सिङमा ४२ जना, लेखामा ४६ जना र पुजारीमा ११ जनालगायत गरी विभिन्न पदका लागि सेनाले १५५ जना माग गर्दै दरखास्त आह्वान गरेको हो।

पुरूषका हकमा उचाइ ५ फिट ३ इन्च र महिलाका हकमा ५ फिट भए पुग्ने सूचनामा उल्लेख छ।