आचारसंहिता विरोधी कार्यमा मधेस प्रदेस सरकारका आम संञ्चार प्राधिकरण


लेखक : लेखापढी      २४ चैत्र २०७९, शुक्रबार ०३:५२ मा प्रकाशित     
आचारसंहिता विरोधी कार्यमा मधेस प्रदेस सरकारका आम संञ्चार प्राधिकरण
चैत्र २४ गते, राैतहट- चुनावमा हाती, हात्तीको बलले कमिला- कमिलाको बलले लडने गरेको मान्यतालाई मधेस प्रदेश सरकारका सुचना तथा सञ्चार मन्त्रालय मातहतका  आम सञ्चार प्राधिकरण जनकपुरधामसंग मेल खान गएकोछ ।

गृह जिल्ला सप्तरीमा भारी मतले पराजय भोगि सक्नु भएका उपेन्द्र यादवको काध थप्ने प्रयास आम सञ्चार प्रधिकरणले गरेका छन । मधेस प्रदेश सरकारको सत्ताको मुख्य हर्ताकर्तालाई बल दिन बाराको पत्रकारलाई लक्षित गरि चुनावको मुखमा कार्यक्रम सार्वजनिक गरि निर्वाचन आचार संहितालाई धज्जि उडाने काम भएको हो । सो किसिमको कुनै पनि कार्यक्रम राैतहटमा न पारी गठबन्धनका उमेदवार उपेन्द्र यादवको पक्षमा बाराका पत्रकारलाई प्रभावमा पार्ने काम गरेको सहजै बुझ्न सकिन्छ  । 

दलिय चिन्तन तथा नेताकाे भजन मन्डलिकाे बारम्बार आरोप खेपि रहेका मिडिया प्राधिकरणको गलत निर्णय तत्कालै सच्याउन राैतहटका पत्रकारहरुले सम्बन्धित पक्षसंग अनुराेध गरेका छन । काेभिड-१९ मा मधेस प्रदेश भरीमा राैतहटका दुई जना पत्रकार मनोज चाैधरी र रामा देवी यादवको मृत्यु हुदा आम सञ्चार प्राधिकरण  तथा मधेश सरकारले चरम वेवास्ता गरेका थिए ।  नेपाल पत्रकार महासंघ रौतहटका पदाधिकारी तथा पिडित पक्षले स्वयं पटक-पटक आग्रह अनुनय विनय गर्दा समेत नसुन्ने आमसञ्चार प्राधिकरण कुन नियतले निर्वाचन आचारसंहिता लागेको बेलामा यस्ता विभेदकारी सुचना प्रकाशन गरेका छन ।

राैतहट जिल्लालाई कुनै कार्यक्रममा न पारी विभेद नगरी के संदेश दिन खाेज्दै छन । विभेदको चरम सिमापार गरेकोले खेद व्यक्त गर्नु सिवाय अरु के भन्न सकिन्छ । आम सञ्चार प्राधिकरण स्थापना काल देखि राैतहटका पत्रकारसंग बारम्बार साैतेला व्यवहार गरेको धेरै उदाहरण छन । ब्रेन ट्युमरको उपचारमा भारतको नयाँ दिल्लीमा उपचारमा रहेका पत्रकार रामपुकार राउत तथा काठमाडौ उपचारमा रहेका पत्रकार फणिदेव महतका बारेमा कहिल्यै न सोच्ने सहयोग नगर्ने आम सञ्चार प्राधिकरण र पदाधिकारीलाई के भन्छन मधेश प्रदेशका पत्रकार  नेता जस्तै तपाईहरुको सत्तारोहन तलब, भता  तथा सुखशयल कै लागि भएको हो । यस्ता विभेदकारी नीति लिई चल्ने पदाधिकारीलाई आफनो गलत क्रियाकलाप तत्काल सच्याउन पत्रकारहरुले माग गरेका छन ।
– Premchandra jha