रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा सर्वोच्चले माग्यो


लेखक : लेखापढी      २३ चैत्र २०७९, बिहीबार ००:१७ मा प्रकाशित     
रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा सर्वोच्चले माग्यो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

न्यायाधीश हरि फुयालको एकल इजलासले रविले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय जहाँ भए पनि झिकाउन आदेश दिएको हो।

‘प्रत्यर्थी रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भएपनि झिकाइ नियमानुसार पेस गर्नू,’ आदेशमा उल्लेख छ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ।  
null
null