इन्जिनियर ज्वाइँले मेयर ससुराको नाममा एसईई परिक्षा दिँदा पक्राउ


इन्जिनियर ज्वाइँले मेयर ससुराको नाममा एसईई परिक्षा दिँदा पक्राउ

मौलापुर नगरपालिका वडा नम्बर ५ स्थित लक्ष्मीनियाँ माविमा संचालन भइरहेको गणित विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। 

परिक्षा नियन्त्रण टोलीलाई संका लागेपछि चेकजाँच गर्दा परीक्षादिने व्यती गरूडा नगरपालिका-६ पोठियाहीका कमल शाह रहेको र उनी इन्जिनियर रहेको खुलेको हो। उनले आफ्ना ससुरा प्रेमलाल साह कानु को नाम बाट परिक्षा दीइरहेकाथिए ।प्रेमलाल साह कानु देवाही गोनाहि नगरपालिकाका मेयर हुन ।

 मौलापुर नगरपालिकाबाट कमल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा लगेका छन।