कञ्चनपुरका शुक्लाफाँटा र राष्ट्रिय निकुञ्ज छेउका बस्तीहरुमा रेबिजको त्रास


लेखक : लेखापढी      १५ चैत्र २०७९, बुधबार ०१:०३ मा प्रकाशित     
कञ्चनपुरका शुक्लाफाँटा र राष्ट्रिय निकुञ्ज छेउका बस्तीहरुमा रेबिजको त्रास

कञ्चनपुर। कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका साथै राष्ट्रिय निकुञ्ज छेउका बस्तीहरुमा रेबिजको त्रास बढेको छ । गाईबस्तुमा एकपछि अर्को गरी रेबिज देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको हो । खासगरी कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा स्यालको टोकाइबाट गाईबस्तु मरेपछि स्थानीय त्रसित भएका हुन् ।

भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष रामबहादुर बोहराले रेबिज लागेर बाख्रा मरेपछि स्थानीयमा त्रास बढेको बताए । बाख्रा र अन्य शंकास्पद गाईबस्तुको सम्पर्कमा आएकाहरूलाई पनि खोप लगाउन पहल भइरहेको उनले बताए । निकुञ्जबाट आउने स्यालले टोकेर धेरै गाईबस्तुमा रेबिज देखिन सक्ने आशंका छ । उनले ३६ गाईबस्तुलाई खोप लगाइरहेको उनले बताए । स्यालको टोकाइबाट भीमदत्त नगरपालिका र बेदकोटमा केही चौपायाको मृत्यु भएपछि स्थानीय त्रसित बनेका हुन् ।