काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले तीनवटा मन्त्रालय माग गरेको बताएका छन् ।
मंगलबार मिटरब्याज पीडित किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन बानेश्वर पुगेका खनालले एकीकृत समाजवादीले आफ्नो हैसियत अनुसार तीनवटा मन्त्रालय मागेको बताए ।
उनले आफूहरूसँग १८ सांसद रहेकाले तीनवटा मन्त्रालयको दाबी स्वाभाविक रहेको बताए ।
“हामीले हाम्रो हैसियतअनुसार निर्णय गर्छौं । हामीसँग १८ सांसद छन् । हामीले तीनवटा मन्त्रालय माग गरेका छौँ । यो माग चाहिँ हाम्रो अडान हो भनेर हामीले प्रधानमन्त्रीसँग भनेका छौँ,” उनले भने ।