काठमाडौं : आइतबार देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
आइतबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।