दोधरा चाँदनी जोड्ने ४ लेन पुल २० दिनका लागि बन्द गरिने


दोधरा चाँदनी जोड्ने ४ लेन पुल २० दिनका लागि बन्द गरिने

कञ्चनपुर। कञ्चनपुरमा निर्माणधिन दोधरा–चाँदनी जोड्ने ४ लेनको पुल २० दिनका लागि बन्द गरिने भएको छ । निर्माणाधिन अवस्थामा रहेको पुलको दुवै एबुटमेंट वालमा आरसिसि विग बाल निर्माण गर्न २० दिनका लागि पुलमा आवतजावत बन्द गर्न लागिएको हो ।

दोधरा चाँदनी नगरपालिकाका नि. प्रमुख प्रसाशकीय अधिकृत भानदेव भट्टद्धारा जारी सूचनामा उक्त समयमा सर्वसाधारणलाई बैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरिएको छ ।निर्माणाधिन अवस्थामा रहेपछि उक्त पुल हाल दोधारा चाँदनी बासिले प्रयोग गर्दै आएका थिए। उक्त पुल कुमार सीइएफसी जेभीले निर्माण गरिरहेको छ।