हाइ हेलो नमस्ते गरि, दुई हात जोड्ड सिक्या।
संस्कार छाडी बिकृतिको, बेण्णो छोड्ड सिक्या ।।१
इष्ट मित्र आफ्ना सित, नाता तोड्ड सिक्या ।
परायाका संस्कृतिलाई, नेल्ल गोड्ड सिक्या ।।२
चेली बैनी आँखा लगाइ, घर बिगाड्ड सिक्या ।
युरिया मलखाद हाली, खेत उजाड्ड सिक्या ।।३
हाइबेरेडका बिउबिजले, अन्न फलौन सिक्या ।
नैतिक शिक्षा बेद पुराण, सबै जलौन सिक्या ।।४
ज्ञान बिज्ञानका कर्तुतले, नेट चलौन सिक्या ।
रुढीबादी संस्कार भणी, मन्दिर ढलौन सिक्या ।।५
दिनका दिन झोला बोकी, बजार हिट्ट सिक्या।
एकान्त एकला बसि, डेटिङ भिट्ट सिक्या ।।६
दूध हाल्याका चाहा सित, चिनी फिट्ट सिक्या ।
समयले जथै लैग्यो, उथै रिट्ट सिक्या ।।७
पिजा पास्ता बिरियानी, बर्गर खान सिक्या ।
रेष्टुरेन्ट क्यासिनो बार, डिस्को झान सिक्या ।।८
मिरिन्डा ड्यु पेप्सी कोला, फन्टा लिउन सिक्या ।
जङ्क फुड खाइ जिन्दगी भर, इसेइ जिउन सिक्या ।।९
तातो चिसो पानी पुरी, हुस्की पिउन सिक्या ।
आफ्ना धर्म कर्म भुली, छाडा जिउन सिक्या।१०
गोरु राङा भैसा काटी, म: म: बनौन सिक्या ।
सुकुट्टि सेकुवा छोइला, भुटन बनौन सिक्या ।।११
च्याट्चुट्ट खाइ जिबडाको, स्वाद फेद्द लै सिक्या ।
घरै बसी देश दुनियाँ, ठाँउ हेद्द लै सिक्या।।१२
हात पाखुडा जिउज्यानकी, जिम गद्द लै सिक्या।
चौ चौ बिस्कुट समौसाले, पेट भद्द लै सिक्या।।१३
भिडियोकल गरी सबकी, सम्राइ काट्ट सिक्या ।
दिनरात मोबाइल समाइ, दिमाग चाट्ट सिक्या ।।१४
प्रदेस झाइ धन पैसामा, माया साँट्ट सिक्या ।
जन्म दिने इजा बुवा, सबलाई ढाँट्ट सिक्या ।।१५
आधा शरीर नाङो देखाइ, इज्जत ढाख्द सिक्या ।
Online मा बिहा गरी, पोइल भाग्द सिक्या ।।१६
सुदिसार बसी बसी, पैसा माग्द सिक्या ।
हिट्टाइ बाटा दिन धा डै, मान्स ठग्द सिक्या ।।१७
१७ हडैन पेट्रोल खणेइ, आगो बाल्ल सिक्या ।
डिप्रेसन एन्जाइटी रोग, सबै पाल्ल सिक्या ।।१८
बुढा भया इजाबुवा, आश्रम हाल्ल सिक्या ।
पाश्चात्य कि बिकृतिमा, पाइलो चाल्ल सिक्या।।१९
लिभिङ टुगेदर सिक्या, कोट मेरिज सिक्या ।
बेबिसावर एङ्गेजमेन्ट, नयाँ सिरिज सिक्या ।।२०
हल्दी लौन्या रसम सिक्या, भ्यालेन्टाइन सिक्या ।
गेट टुगेदर भण्ण सिक्या, होलिवाइन सिक्या।।२१
इलेक्ट्रोनिक ग्याँसका चुल्ला, प्याट्ट पड्कौन सिक्या ।
मिनिरल् वाटर बोतलको, स्वाट्ट घड्कौन सिक्या ।।२२
गर्मी भया एसि पंखा, ठण्णिमा हिटर ।
उजालो बिजुली बत्ती, चल्ला ग्यास गिजर ।।२३
कोट्पैन्ट टाइसुट लागाइ, सेल्फी खिच्च सिक्या ।
आधुनिक जमाना सित, इमान बेच्च सिक्या ।।२४
जिमि जग्गा बाझो राखी, अनाज किन्न सिक्या ।
गाडी ट्याक्टर जहाजका, आवाज चिन्न सिक्या ।।२५
आइनो साइनो अङ्ग्रेजीमा, सबै बोल्ल सिक्या ।
लाज शरम केइ नमाणी, लुगा खोल्ल सिक्या ।।२६
मम्मी डेडि अन्कल आन्टी, ब्रदर सिस्टर सिक्या
डियर डार्लिङ मेरो बेबि, मिसेज मिस्टर सिक्या ।।२७
एइ कलिकालका ढङ्ङ, जिउनाले हेद्दै छ ।
छेपणाको जसो रङ्ग, सबैले फेद्दै छ ।।२८
हिट्टै छ समय सार, आफ्नो इज्जत राखी ।
न मेटिन्या इतिहास हो, यो याद राख्या हाकी ।।२९
नयाँ नौला चलन सिक्या नयाँ नयाँ बोली ।
संस्कृति संस्कार भुल्या, के उब्यान्द होलि।।३०
केशव मडै (किर्सन)
सुर्नया -५ मडगाउँ रामकीबराय बैतडी
अच्याल – युएई अजमान