उम्मेदवारी दर्तापछि अष्टलक्ष्मी शाक्यले भनिन्- सबैको सहयोग रहनेछ


उम्मेदवारी दर्तापछि अष्टलक्ष्मी शाक्यले भनिन्- सबैको सहयोग रहनेछ

काठमाडौँ- उपराष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन्। 

शनिबार बानेश्वरस्थित संसद भवनमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतन्त्रमा विश्वास गर्ने भएकाले सबैको सहयोग रहने बताएकी छन्।

लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरूरी रहेको उनले बताइन्। 

‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरूरी छ। लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ,’ उनले भनिन्। 

उम्मेदवार शाक्यले नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने बताएकी हुन्।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। उक्त निर्वाचनको लागि शनिबार उनले मनोनयन दर्ता गराएकी हुन्। 

अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुविर महासेठ प्रस्तावक छन्। कृष्ण गोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिमाल समर्थक छन्।