अभिनेता तथा फिल्म निर्माता सतीश कौशिकको बुधबार ६६ वर्षको उमेरमा गुरुग्राममा निधन भएको छ ।हृदयघातका कारण एनसीआरमा सतीश कौशिकको निधन भएको हो । कौशिक गुरुग्राममा आफ्नो साथीलाई भेट्न गएका थिए।उनी अस्वस्थ महसुस गर्न थालेपछि उनलाई गुरुग्रामको अस्पतालमा लगियो। अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको प्रहरी स्रोतले जनाएको छ ।
उनको शव बिहीबार गुरुग्रामको फोर्टिस अस्पतालबाट पोस्टमार्टमका लागि दिल्लीको दीनदयाल उपाध्याय अस्पतालमा ल्याइएको थियो। पोष्टमार्टम सकिएपछि उनको पार्थिव शरीर मुम्बईस्थित उनको घरमा लगिनेछ । उनको निधनमा अजय देवगन, अभिषेक बच्चन, कंगना रनौत र शरद केलकर जस्ता बलिउड सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन्। केन्द्रीय मन्त्री अमित शाहले पनि ट्वीट गर्दै श्रद्धाञ्जली दिएका छन् ।