नेपाल एयरलाइन्सको दुबई-काठमाडौं रुटको उडानमा सबै क्रु मेम्बर महिला


नेपाल एयरलाइन्सको दुबई-काठमाडौं रुटको उडानमा सबै क्रु मेम्बर महिला

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँ इतिहास बनाएको छ ।

एयरलाइन्सको आजको दुबई-काठमाडौं रुटमा उडेको ए-३२० जहाजको सबै क्रु मेम्बर महिला थिए । जसमा पाइलट भावना पन्त र को-पाइलट सृजना रावतले जहाज उडाएका थिए ।

एयरहोस्टेस समेत सबै महिला राखेसँगै यो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालेका हुन् ।

यो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

दुई दिन अगाडि चालक दलको यसै जोडीले यो जहाज दुबई लगेको थियो । जुन आफैंमा इतिहास थियो ।

आज ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले यो संयोग जुराएको हो ।