सामान्य ज्ञान ( विज्ञान र प्रविधि)
१. ग्यालिलियोको जन्म कहाँ भएको थियो ?
– इटालीको पिसा
२. चन्द्रमाको आफ्नै प्रकाश नभएको तथ्य पत्ता लगाउने वैज्ञानिक को हुन्?
– ग्यालिलियो
३. पेन्डुलमको आविष्कार कसले गरेका हुन्?
– ग्यालिलियो
४. आइन्स्टाइन को जन्म कहाँ भएको थियो?
– जर्मनीको उल्म सहरमा
५. आइन्स्टाइनले सापेक्षताको सिद्बान्त (theory of relativity ) कहिले प्रतिपादन गरेका थिए?
– सन् १९०५
६. आइन्स्टाइनलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार कहिले प्रदान गरिएको थिए?
– सन् १९२१
७. आइन्स्टाइनको कुन नियमको आधारमा एटम बमको निर्माण गरिएको हो?
– पदार्थ र ऊर्जाको सम्बन्ध
८. आइन्स्टाइनलाई कुन आविष्कारका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो?
– प्रकाश विधुतीय असर ( photo – electric Effect)
९. ‘On the Measurement of the Circle’ नामक प्रसिद्ब पुस्तकका लेखक को हुन्?
– आर्किमिडिज
१०. Optics सम्बन्धी शक्तिशालि Lense र ऐना कसले पत्ता लगाएका हुन्?
– आर्किमिडिज
११. आर्किमिडिजको जन्म कहाँ भएको थियो?
– ग्रिसको सिसिलिमा
१२. Water Screw को आविष्कार कसले गरेका थिए?
– आर्किमिडिज
१३. प्रकाश ज्यादै साना कणहरुको प्रवाह हो भनी “ Corpuscles Theory “ को प्रतिपादन कसले गरे?
– न्यूटन
१४. Little Balance नामक पुस्तक कसले लेखेको थियो?
– ग्यालिलियो
१५. सन् १७०४ मा प्रकाशित Optics नामक कृतिका लेखक को हुन्?
– न्यूटन
१६. चार्ल्स डार्विनले कुन टापुमा बसी जिवको अध्ययन गरेका थिए?
– ग्यालापागोस
१७. Aurora Borealis केलाई भनिन्छ?
–उत्तरी ध्रुवको माथिल्लो वायुमण्डलीय तहमा यदाकदा देखिने चम्किलो प्रकाश
१८. पानीदेखि डराउने रोग हाइड्रोफोविया उपचार विधि कसले तत्ता लगाएका थिए?
– लुई पाश्चर(जन्म फ्रान्स)
१९. माइकल फाराडेले पानी तान्ने मेसिनको आविष्कार कहिले गरे?
– सन् १८३०
२०. विकासवादि सिद्बान्त (Theory of Evolution ) का प्रतिपादक को हुन्?
– चार्ल्स डार्विन
२१. आणविक सिद्बान्त (Atomic theory ) कसले प्रतिपादन गरेको हो?
– जोन डाल्टन
२२. रेडियमका आविष्कार को हुन् ?
– म्याडम क्युरी( जन्म पोल्यान्डको राजधानी वार्सामा)
२३. क्षयरोग तथा रेविज रोग विरुदको खोपको आविष्कार गर्ने वैज्ञानिक को हुन्?
– लुई पाश्चर
२४. चार्ल्स डार्विनले the origin of species नामक पुस्तक कहिले प्रकाशित गरे?
– सन्१८५९
२५. Prince of Experiment भनी कुन वैज्ञानिकलाई चिनिन्छ?
– माइकल फाराडे
२६. लुई पाश्चरले फर्मेन्टेसन प्रक्रियाको आधारमा कुन Theory को प्रतिपादन गरेका थिए ?
– Germ Theory
२७. लुई पाश्चरले सन् १८६५ तिर रेशम किरामा लाग्ने रोगको उपचारको अध्ययनका क्रममा के गर्ने तरिका पत्ता लगाए?
– निर्मलीकरण (Sterilization)
२८. बेन्जिन (Benzene), कार्बन फ्लोराइड (Carbon Floride ), प्याराम्याग्नेटिज्म (Paramagnetism) र डायम्याग्जेटिज्म (Diamagnetism) का आविष्कार को हुन्?
– माइकल फाराडे
२९. थोमस अल्भा एडिसनले कतिवटा वैज्ञानिक आविष्कार गरेका थिए?
– १०९३
३०. मिमोग्राफ, रेमिङटन, टाइपराइटर, लाउडस्पिकरका आविष्कार को हुन्?
– थोमस अल्भा एडिसन
भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com