दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्यबाट बर्खास्त


लेखक : लेखापढी      १३ फाल्गुन २०७९, शनिबार १४:५४ मा प्रकाशित     
दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्यबाट बर्खास्त

काठमाडौँ- नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट हटाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो । 

प्रसाईंले केही दिनअघि पार्टीको नीति विपरित पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर छुट्टै अभिायन सुरुवात गरेका थिए । उनले देशमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने पनि वकालत गर्दै आएका छन् । 

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अतिथी बनाएर झापामा राजनीतिक कार्यक्रम गरेका थिए । त्यसपछि पार्टीले कारबाही गर्ने तयारी गरेपछि प्रसाईँले एमाले छाडेको घोषणा गरेका थिए ।