कांग्रेसतर्फबाट रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता, आठ दलको साथ


लेखक : लेखापढी      १३ फाल्गुन २०७९, शनिबार १४:५४ मा प्रकाशित     
कांग्रेसतर्फबाट रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता, आठ दलको साथ

राष्ट्रपतिमा नेपाली कांग्रेस तर्फका उम्मेदवार रामचन्द्र पौडेलले मनोनय दर्ता गराएका छन्।आज बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनका साथमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थिए।

संसद सचिवालयका अनुसार प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन।

त्यसैगरी समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन ।

पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।राष्ट्रपति उम्मेदवारका लागि आठ दलले सघाउने निर्णय गरेका थिए।