राष्ट्रपतिमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता


लेखक : लेखापढी      १३ फाल्गुन २०७९, शनिबार १३:४३ मा प्रकाशित     
राष्ट्रपतिमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता

नेकपा एमालेको बैठकले राष्ट्रपतिको निर्वाचनमा पार्टीको तर्फबाट उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सत्ता साझेदार दलहरूबीच वर्तमान सरकार गठनको सहमति बमोजिम पार्टीले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए। बैठकले पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै राजनीतिक दलसँग सहयोगका लागि आह्वान गर्दै समर्थनका लागि पहल गर्ने निर्णय गरेको छ। 

नेम्बाङको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन्।

समर्थकमा सचिवद्वय योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्।