राप्रपा सरकारबाट बाहिरियो,मन्त्रीहरुले बुझाए राजीनामा पत्र


राप्रपा सरकारबाट बाहिरियो,मन्त्रीहरुले बुझाए राजीनामा पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टीले आजमात्रै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।सरकारबाट बाहिरिने निर्णय सँगै पार्टीका मन्त्रीहरूले पदबाट राजीनामा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्।

बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।