टर्कीमा फेरि ६.४ म्याग्निच्युडको भूकम्प,तीन जनाको मृत्यु


टर्कीमा फेरि ६.४ म्याग्निच्युडको भूकम्प,तीन जनाको मृत्यु

सोमबार दक्षिणी टर्कीमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। ७.८ रेक्टर स्केलको भूकम्पले यस क्षेत्रलाई तहसनहस बनाएको दुई सातापछि फेरि भूकम्प गएको हो।

भूकम्पमा कम्तिमा तीन जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन। जुन डेफ्ने सहरमा केन्द्रित थियो र इजिप्टसम्म महसुस गर्न सकिन्छ।

टर्कीको आपतकालीन व्यवस्थापन प्राधिकरण एएफएडीका अनुसार भत्किएका भवनहरूमा फसेका मानिसहरूको खोजी र उद्धार कार्य फेरि चलिरहेको छ।

फेब्रुअरी ६ मा आएको ७.८ म्याग्निच्युडको भूकम्पबाट टर्की अझै निको हुने चरणमा थियो। जसमा कम्तीमा ४५,००० मानिसको मृत्यु भएको थियो।