प्रधानमन्त्री प्रचण्डद्वारा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण


प्रधानमन्त्री प्रचण्डद्वारा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण

प्रधानमन्त्रीमा नियुक्त भएपछि सुदूरपश्चिमको पहिलो पटक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका छन्। प्रधानमन्त्री दाहालसँगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायतको टोली पनि सहभागी थिए।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।

आजको कार्यक्रम अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण पनि रहेको छ। साथै नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने छन् र महेन्द्रनगरको खुलामञ्चमा सुरु हुने १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ।