त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन


लेखक : लेखापढी      २७ माघ २०७९, शुक्रबार १३:२६ मा प्रकाशित     
त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई नेपाल सरकारले निलम्बन गरेको छ। ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी रूपले लाभ लिने उद्देश्य रहेको खुलेपछि जाँचबुझ गरिएको थियो।महाप्रबन्धक प्रेमनाथ ठाकुर र थाई स्माइल एयरलाइन्सका प्रतिनिधि बिच भएको कुराकानीको श्रव्य सामग्री फेला परेको थियो।घुस लिएको पाएपछि मन्त्रीस्तरीय निर्णयअनुसार ठाकुरलाई निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले बताएका छन्।

नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न पत्र लेखिएको र पत्रमा उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने उल्लेख छ।