भ्यालेन्टाइन डेको दिन पुन प्रदर्शन हुँदै टाइटानिक


भ्यालेन्टाइन डेको दिन पुन प्रदर्शन हुँदै टाइटानिक

जेम्स क्यामरुनले टाइटानिकको २५औं वार्षिकोत्सव मनाउनको लागि भ्यालेन्टाइन डेको दिन फिल्मलाई ठूलो पर्दामा पुन प्रदर्शन गर्ने भएका छन्।यो संस्करण 3D 4K HDR र उच्च फ्रेम दरमा सिनेमाघरहरूमा उपलब्ध हुनेछ।

क्यामरुनले हालैको सिरिअसएक्सएमसँगको अन्तर्वार्तामा टाइटानिक पुन: रिलिजबारे सम्बोधन गरेका छन। नयाँ पुस्तालाई ठूलो पर्दामा टाइटानिक हेर्ने मौका नपाएका मानिसहरूलाई हेर्ने अवसर दिने बारेमा उल्लेख गरेका थिए। क्यामरुनले भ्यालेन्टाइन डेको मिति छानिएको बताए किनभने त्यो १९९८ मा बक्स अफिसमा टाइटानिकको सबैभन्दा राम्रो दिन भएको थियो ।

क्यामरुनले यो रिलिजलाई “प्रेमको उत्सव” भनेका छन्।जसको अर्थ फिल्मको उपलब्धि र सफलताको सम्झना हो। क्यामरनले उल्लेख गरेझैं, टाइटानिकको २०२३ को रिलिजमा थपिएको एक मात्र चीज हो डल्बी एटमस ध्वनि। चलचित्र मूल रूपमा 48fps मा खिचिएको थियो र सबै रिमास्टरिङ कार्य १० वर्ष पहिले गरिएको थियो ।जसमा 3D सुविधाहरू थप्न १८ मिलियन डलर खर्च गरिएको बताएका छन।