नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने


लेखक : लेखापढी      २६ माघ २०७९, बिहीबार १३:५१ मा प्रकाशित     
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ। विश्वासको मतकै लागि बिहीबार संसद बैठक बोलाइए पनि बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद उपस्थित नहुने सुदूरपश्चिम प्रदेशका संसदीय दलको नेतामा रामेश्वर चौधरीले जानकारी दिएका छन।नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णयमा अडिग रहेपछि एमालेको नेतृत्वको सुदूरपश्चिम सरकार १ महिनामै ढल्ने भएको छ ।आफ्नो पार्टीको बटमलाइन रेशम चौधरीको रिहाइ नभसम्म विश्वासको मत दिन नसक्ने चौधरीले स्पष्ट पारेका छन।

राजेन्द्रसिंह रावलले पुस २७ गते एमालेका १०, माओवादीका ११, नाउपाका ७ र राप्रपाका १ गरी २९ प्रदेशसभा सदस्यको हस्ताक्षरपछि मुख्यमन्त्रीको शपथ खाएका थिए। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा २७ मत बहुमत हो। आज विश्वासको मत लिनुपर्ने अन्तिम दिन हो। संवैधानिक व्यवस्थाअनुसार शपथ लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको सरकार जोगाउन एकीकृत समाजवादीसँग सहकार्यको प्रस्ताव गरेको छ ।