सामान्यज्ञान भाग-१
१. प्रथम गोपालवंशी राजा को हुन ?
– भुक्त्तमान
२. गोपालवंशको अन्तिम राजा को हुन ?
– यक्ष गुप्त
३. गोपालवंशीहरुको शासनकालपछि नेपालमा कुन वंशका शासकहरुले शासन सञ्चालन गरे?
– अहिरवंशी ( महिषपाल )
४. अन्तिम अहिरवंशी राजा को हुन्?
– भुवन सिंह
५.गोपालवंशी र अहिरवंशी शासकहरु पश्चात उपत्यकामा कसले शासन चलाएका थिए?
–किराँत
६. प्रथम किराँतवंशी राजा को हुन?
– यलम्बर
७. किराती राजा यलम्बरको पूर्ण कदको शालिक कहाँ रहेको छ?
– संखुवासभा
८. कुन किराँती राजाको पालामा गौतम बुद्रको काठमाडौँ उपत्कामा आगमन भएको थियो?
– सातौँ किराँती राजा जितेदास्ती
९. अन्तिम किराँतवंशी राजा को हुन्?
– गस्ती
१०. किराँती राजाहरुले नेपालमा कति वर्ष शासन सञ्चालन गरेका थिए?
– १११८बर्ष
११. प्रथम लिच्छविवंशी राजा को हुन्?
– जयदेव प्रथम
१२. भक्तपुर जिल्लामा रहेको चाँगुनारायणको मन्दिर बनाउने राजा को हुन्?
– मानदेव
१३. गोकर्णमा मानव वस्ती बसाउने राजा को हुन्?
– मानदेव
१४. मानदेवका छोराको नाम के हो?
– महिदेव
१५. मानदेवका बाबु को थिए?
– धर्मदेव
१६. मानगृहको निर्माण गर्ने लिच्छवि राजा को हुन्?
– मानदेव
१७. नाग र वासुकी पूजाको चलन चलाउने राजा को हुन्?
– मानदेव
१८. वैष्णव मुद्रा प्रचलनमा ल्याउने लिच्छवि राजा को हुन्?
– अशुवर्मा
१९. अंशुवर्माको शासनकाललाई के भनी चिनिन्छ?
– लिच्छविकालको स्वर्णयुग
२०. पशुपतिनाथलाई राजमान्यता दिने राजा को हुन्?
– अंशुवर्मा
२१. सर्वप्रथम ‘महाराजाधिराज’ पदवी धारण गर्ने राजा को हुन्?
– अंशुवर्मा
२२. ‘शब्द विधा ’ ग्रन्थको रचना कसले गरेका हुन्?
– अंशुवर्मा
२३.सत्ता प्राप्त गरी शासन चलाएर राज्यसत्ता पुन: सोही वंशलाई हस्तान्तरण गर्ने महान लिच्छवि राजा को हुन्?
– अंशुवर्मा
२४. सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा को हुन्?
– मानदेव
२५. बालकको सालनाल काट्ने चलन चलाउने राजा को हुन्?
– अंशुवर्मा
२६. नेपालको इतिहासमा ‘आदर्श शासक ’ का रुपमा चिनिने राजा को हुन्?
– अंशुवर्मा
२७.‘महासामन्त’ ,‘कलहाभिमानी’ , ‘पशुपतिपादानुगृहित’ पदवी धारण गर्ने राजा को हुन्?
– अंशुवर्मा
२७.‘युवराजाधिराजको घोषणा सर्वप्रथम कसको पालादेखि सरु भएको हो?
– अंशवर्मा
२८. अंशुवर्माले बनाएको कैलासकुट भवन कुन ठाउँमा रहेको थियो?
– देवपाटन (पशुपति नजिकै)
२९. कैलाशकुट भवनको महिमा कहाँको शिलालेखमा उल्लेख छ ?
– साँगाको शिलालेखमा
३०. कहाँ भएको युद्धमा लिच्छविहरुद्धारा आठ सय किरातीहरु मारिएका थिए?
– पाटनको च्यासल (युद्धमा जित हासिल गरी लिच्छविहरुले सत्ता नियन्त्रण गरेका । )
३१. पशुपतिनाथको मन्दिर स्थापना गर्ने राजा को हुन् ?
– प्रचण्डदेव
३२. लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?
– महासामन्त
३३. लिच्छविकालमा राजकिय भाषा के थियो ?
– संस्कृत
३४. गुप्त सम्वत कसले चलाएका थिए ?
– अंशुवर्मा
३५. इन्द्र जात्रा, लाखे जात्रा, कृष्ण जात्रा, हिले जात्रा, श्रङ्गभेरि जात्राको चलन चलाउने राजा को हुन् ?
– गुणकामदेव
३६.लिच्छविकालमा व्यापारिक नेतालाई के भनिन्थ्यो ?
– सार्थबाह
३७. हिन्दु र बौद्ध दुवै धर्म मान्ने राजा को हुन् ?
– अंशुवर्मा
३८. लिच्छविकालमा पशुपालनमा लगाइने करलाई के भनिन्थ्यो ?
– भोगकर
३९. लिच्छविकालमा कृषि उत्पादनमा लगाइने करलाई के भनिन्थ्यो?
– भागकर
भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com