काठमाडौं- पोखरामा आत्मदाहको प्रयास गरेका एक पुरुषलाई बचाउँदा घाइते भएकी संगीता सापकोटाको मृत्यु भएको छ । पोखरा १३ काहुँखोलामा आत्मादाह गर्ने प्रयास गरेका ४३ वर्षीय कृष्ण क्षेत्रीलाई बचाउन जाँदा सापकोटा गम्भीर घाइते भएकी थिइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार घाइते ४० वर्षीय सापकोटाको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।
क्षेत्रीको शरीरको २५ प्रतिशत भाग जलेको प्रतिष्ठानले जनाएको छ । आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन ।