माघेसंक्रान्ति- डोट्याली कोसेली


माघेसंक्रान्ति- डोट्याली कोसेली
निको नौली केइ आथिन, प्रदेशिका बाणा ।
डिठ पड्डि छ दिनका दिन, बासी भातका भाँणा ।
सकिग्यो पुषको मैना, घाम लागिग्यो डाँणा ।
आइपुगी नरहरी पन, पाकी झान्ना माणा ।
 
तौड तेकुन सकड्गन्ज, गीठा भतेलिमा ।
प्रभात्तै उज्यालो हुना, का कौव्वा देलिमा ।
झनमुन्या कौवाकी राखी, केला पतेलिमा ।
नानिधुनी गरि फर्क्या, सिनाइ मजेलिमा ।
 
तीनपन्या चौपन्या माणा, बचपनैमा खाया ।
बर्ष मैना साल फेरिया, इन जमाना आया ।
न तौड तेकुन गिठा, नै त माणा पाया।
न गाई भैंसी घिउ खानाकी, नै घरको माया ।
 
कोइ बिदेश कोइ स्वदेशै, काम धन्दाइमा रया ।
काजवार आया भन्न् मात्रै, इसाइमा दिन गया ।
नै मधु काकडी माघ, नै तिलका लड्डु ।
नै रीती चलन उसा, दिन रातै छ दौड्ड।
 
न तिल भिमुरको तिल्वा, नै गुडका तौला।
न भाइचारा सङै बसि, बाडिचुडी खौला ।
नै बनका कन्दमुल, पचाइ सक्दे शक्ति ।
गाउँ समाजमा भरोसा नाइँ, नै मनमा भक्ती ।
 
नै माघको महत्त्व छ, नै त धर्म कर्म ।
न कोइ सुण्या न कोइ जाण्या, चालचलनको मर्म ।
नैत उसि नानिधुनी, नै त देडा बातो ।
जुग जमाना उल्टा घुम्या, ठण्णिमालै तातो।


केशव मडै (किर्सन)
सुर्नया -५ मडगाउँ रामकीबरायल बैतडी
हाल : युएई, अजमान