दुर्घटनामा पर्ने यात्रुको राष्ट्रियता खुल्यो, भारतीय ५ जना


दुर्घटनामा पर्ने यात्रुको राष्ट्रियता खुल्यो, भारतीय ५ जना

काठमाडौं- आइतबार पोखरामा दुर्घटनामा परेको जहाजमा सवार यात्रुको राष्ट्रियता खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए ।

दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन् ।