नेपाल राष्ट्र निर्माण गरे जसले उनको सम्झना गर्नुपर्छ
राजा पृथ्वी नारायण शाह थिए र त नेपाल छ यो कुरा बुझ्नुपर्छ
परस्पर प्रेम, एकता र सद्भाव सबैमा हुनुपर्छ
सबल र समृद्ध नेपाल निर्माण गर्न सबैले ध्यान दिनुपर्छ
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको इतिहास पढ्नुपर्छ
आफ्नो माटो, आफ्नो भूमिको माया गर्नुपर्छ
नेपाली हौ नेपालको इज्जत गर्नु पर्छ
हामी सबै बिच माया र ममता साँच्नुपर्छ
यो देश प्रतिको जिम्मेवारी पुरा गर्नुपर्छ
देश निर्माणमा पुर्खाहरूको पसिना बगेको छ
हाम्रो देश हामीलाई प्यारो लाग्छ
हिमालका काखमा रमाएर बसिरहूँ लाग्छ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी