लन्डन – बेलायती राजकुमार ह्यारीले अफगानिस्तानमा आफूले तालिवान लडाकुलाई मारेको घटना सार्वजनिक गरेर सेनाका एकजना पूर्व कमान्डरले आफ्नो छवि बिगारेको बताएका छन् ।
डुयुक अफ सस्सेक्सले आफ्नो स्मरण पुस्तकमा लेखेका छन्, “चेसबोर्डबाट चेस पिस निकालेजस्तै २५ जना तालिवान लडाकुलाई मारेको थिएँ ।”
पूर्व सैनिक अधिकारी कर्णेल रिचर्ड केम्पले बीबीसीलाई भनेका छन्, “ह्यारीको टिप्पणी गलत व्याख्या हो । यसले उनको सुरक्षा खतरामा पार्न सक्छ । यसले मानिसहरूलाई उनीसँग बदला लिन उक्साउन सक्छ ।”
राजकुमार ह्यारीले आफ्नो संस्मरण पुस्तक ‘स्पेयर’मा अफगानिस्तनमा आफूले सैनिक हेलिकप्टर चालकको रूपमा बिताएका अनुभवबारे विस्तृत रूपमा उल्लेख गरेका छन् । पूर्व निर्धारित कार्यक्रम भन्दा पहिले नै स्पेनमा बिक्रीका लागि राखिएको पुस्तकको एक प्रति बीबीसी न्युजले पाएको । तर, पूर्व सैनिक अधिकारी कर्णेल रिचर्ड केम्पले बीबीसीलाई भनेका छन्, “ह्यारीको टिप्पणी गलत व्याख्या हो । यसले उनको सुरक्षा खतरामा पार्न सक्छ । यसले मानिसहरूलाई उनीसँग बदला लिन उक्साउन सक्छ ।”
राजकुमार ह्यारीले आफ्नो संस्मरण पुस्तक ‘स्पेयर’मा अफगानिस्तनमा आफूले सैनिक हेलिकप्टर चालकको रूपमा बिताएका अनुभवबारे विस्तृत रूपमा उल्लेख गरेका छन् । पूर्व निर्धारित कार्यक्रम भन्दा पहिले नै स्पेनमा बिक्रीका लागि राखिएको पुस्तकको एक प्रति बीबीसी न्युजले पाएको ।
ह्यारीले लेखेका छन्, “अफगानिस्तनको हेलमान्ड क्षेत्रको दुईपटकको भ्रमणपछि मात्र मैले सो कार्य गर्न सकेको हुँ । मृतकको संख्याले मात्रै मलाई गौरान्वित गराएको होइन । न त यस कार्यले मलाई लज्जित महसुस नै गराएको छ ।”
सन् २००३ मा अफगानिस्तानमा सेनाको कमान्ड सम्हाल्न काबुल पठाइएका कर्णेल केम्पले मारिएका तालिवान लडाकुहरू नराम्रा मानिस भएको र ह्यारीले हत्याको संख्या खुलाइएकोमा आफूलाई कुनै आपत्ति नरेको तर उनको ती लडाकुलाई अमानवीय रुपमा चेसका टुक्राको रूपमा हेर्ने तरिका भने गलत भएको बताएका छन् ।
बीबीसीबाट