एक जापानी मानिसले आफ्नो पछाडिको खुट्टामा हिड्ने ब्वाँसोमा रूपान्तरण गर्न ३,०००,००० येन (रु. ५.१मिलियन) खर्च गरेका छन।
एक विदेशी समाचार एजेन्सीका अनुसार नाम नखुलाउन चाहने ग्राहकले अर्डरको लागि जेपेट कम्पनीसँग सम्पर्क गरेका थिए। यो चलचित्र उद्योगको लागि यथार्थपरक मूर्तिकला र पोशाकहरू बनाउनको लागि परिचित छ।कम्पनीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भाइरल भएका तस्विरहरु शेयर गरेको थियो।
वन्यजन्तु शो र फिल्महरूमा देखाइएका मोडेलहरूप्रतिको प्रेमका कारण आफूले यो आइडिया आएको उक्त व्यक्तिले बताए। उनले थपे फाइनल फिटिङमा म ऐनामा मेरो रूपान्तरित रूप देखेर छक्क परें। यो मेरो सपना साकार भएको क्षण हो। पछाडिको खुट्टामा हिंडिरहेको वास्तविक ब्वाँसो जस्तो देखिने मेरो उद्देश्य गाह्रो थियो। तर पूर्ण सूट मैले कल्पना गरेजस्तै देखिन्छ।