डा. दलिपकुमार मल्लका दुई कृति ‘सेतो धर्तिमा सप्तरंगी फूल’ र ‘रुइसे दरबार’ लोकापर्ण सम्पन्न


डा. दलिपकुमार मल्लका दुई कृति ‘सेतो धर्तिमा सप्तरंगी फूल’ र ‘रुइसे दरबार’ लोकापर्ण सम्पन्न

डा. दलिपकुमार मल्लद्वारा लिखित ‘सेतो धर्तिमा सप्तरंगी फूल’ ‘रुइसे दरबार’ दुई पुस्तक वि.स. २०७९ पुस १६ गते शनिबारको दिन लोकार्पण भएको छ ।

प्रमुख अतिथी समाजसेवी सांसद डा. आरजु राणा देउवाको आतिथ्यमा लोकापर्ण भएको छ । उक्त कार्यक्रममा सभापतिको आसन शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्प पौडेल, लेखक डा. दलिपकुमार मल्ल, विशष्ठि अतिथीमा गृह सचिव विनोद प्रकाश सिंह, पूर्वराजदुत तथा साहित्यकार प्रतिभा राणा र समालोचक सुमन वर्षा र राजकुमार बाँनिया रहेका थिए। कार्यक्रम संचालन महेश क्षितिजले गरेका थिए भने शुभकामाना मन्तव्य गृह सचिव विनोद प्रकाश सिंहले व्यक्त गरेका थिए
No description available.

लोकार्पित दुवै कृतिको राजकुमार बानियाँ र सुमन वर्षाले समालोचना गरेका थिए । प्रकाशित दुवै पुस्तकमध्ये ‘सेतो धर्तीमा सप्तरंगी फूल’ द्वन्द्वले पारेको सामाजिक मनोवैज्ञानिक कथा संग्रह हो । उक्त कथा संग्रहमा दशवर्षे जनआन्दोलनको कथा र तत्कालिन सामाजिक पिडाहरुको यर्थाथ चित्रण गरिएको छ भने यस्तै ‘रुइसे दरबार’ ऐतिहासिक सामाजिक उपन्यास हो । उपन्यासमा म्याग्दी राखूमा रहेर पनि ओझेलमा परेको इतिहास र त्यसको गरिमालाई उठान गरिएको छ । उपन्यासले चोधौ शताब्दीको एक सामाजिक कथाको चित्रण गरेको छ ।

लेखक मल्लका अनुसार- उक्त क्षेत्रमा रुईसे दरबारबाट भुरे टाकुरे राजाहरुले आफ्नो क्षेत्राधिकार कायम गरि कसरी राज्य चलाएका थिए । राज्य चलाउँदा छिमेकी राज्यहरुसँगको सिमानाका समस्या र बढदो पर्वतराज्यको राज्यविस्तारले गर्दा राजनैतिक, कुटनैतिक सम्बन्ध छिमेकी राज्यसँग कसरी सम्बन्ध स्थापना गरिएको थियो । आफ्नो राज्य कायम राख्न हर राज्यका राजा र प्रजाहरुको कस्तो पारस्परिक सम्बन्ध हुनु पर्दछ यसको मिहिन रुपमा प्रस्तुत गरिएको उपन्यास हो । अझ तात्कालिक समयमा सती प्रथालाई कसरी बढवा दिइएको थियो । त्यो समयमा सती प्रथा विरुद्ध पनि आवाज नउठेका पनि होइनन् । महिलाले उठाएका आवाज र पुरुषप्रधान समाजले बढवा दिएको सतीप्रथाको कथाको चित्रण हो । 
May be an illustration of textMay be an illustration of text

लेखक मल्ल बिगत लामो समय देखि नेपाली इतिहास, संस्कृति एबं भाषा, जातजातिको गहिरो अध्ययन गर्दै आएका छन् ।