धनगढी- नेकपा माओवादी केन्द्र सुदुरपश्चिम संसदीय दल नेतामा खगराज भट्ट सर्बसम्मत चयन भएका छन् । बिहान ११ बजे प्रदेशसभा भवनस्थित दलको कार्यालयमा नेता छान्न संसदीय दलको बोलाईएको बैठकमा अन्तत सर्बसम्मतीमा भट्ट चयन भएका हुन् । खगराज भट्ट नेकपा (माओवादी केन्द्र) डडेलधुराको प्रदेशसभा क्षेत्र ‘क’बाट निर्वाचित भएका थिए । सुदुरपश्चिम संसदीय दल नेता खगराज भट्ट चयन भएका प्रदेश सभा सदस्य अक्कल रावलले बताए।
माओवादी दलको नेताकालागी खगराज भट्ट र ओमबिक्रम भाट सरल बिच अडान कायम रहेको थियो। अन्तत: दुई दिनको बैठकपछि भट्ट चयन भएका प्रदेश सभा सदस्य रावलले जानकारी दिए। दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने आजको बैठकले चयन गरेको छैन्, त्यसपछि तोकिने उनले जानकारी दिए । साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा पनि बैठकले भट्टलाई दिएको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभामा ११ सांसदसहित दोस्रो दल बनेको छ।सुदूरपश्चिम प्रदेशमा माओवादीका ११ सांसद छन्।