भारतीय क्रिकेटर ऋषभ पन्तको कार दुर्घटना


लेखक : लेखापढी      १५ पुष २०७९, शुक्रबार १३:०३ मा प्रकाशित     
भारतीय क्रिकेटर ऋषभ पन्तको कार दुर्घटना

भारतीय टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तको कार दुर्घटनामा परेको छ । दुर्घटनामा उनलाई गम्भीर चोट लागेको छ । यो दुर्घटना रुड़कीको गुरुकुल नरसन क्षेत्रमा भएको हो । पन्तको गाडीमा नराम्ररी क्षति पुगेको छ । भारतीय स्टार क्रिकेटरका केही तस्बिर पनि बाहिर आएका छन् जसमा गम्भीर चोट देखिएको छ ।

२५ वर्षीय ऋषभ पन्तको कार डिभाइडरमा ठोक्किएको थियो । यो दुर्घटनापछि उनको कारमा भीषण आगो लागेको बताइएको छ। उनी कारको झ्याल तोडेर बाहिर निस्केको थिए । दुर्घटनापछि पन्तलाई अस्पताल भर्ना गरिएको छ।चिकित्सकका अनुसार ऋषभ पन्तको खुट्टामा गम्भिर चोट लागेको छ र उनको प्लास्टिक सर्जरी हुनेछ । अहिले पन्तलाई म्याक्स हस्पिटल देहरादुन रिफर गरिएको छ ।