समसामयिक सामान्य ज्ञान
१. सन् २०१९ को १००औँ नोवल शान्ति पुरस्कारबाट सम्मानित व्यक्तित्व को हुन् ?
–इथियोपियाका प्रधानमन्त्री आबी अहमद अली
२. प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद् सचिवालयलाई एक आपसमा गाभी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कहिले बनाइएको हो ?
– विसं २०६० असोज २
३. माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
– २१६ मेगावाट
४. सरकारले गरिब घर परिवारलाई परिचयपत्र वितरण गर्ने कार्य कहिलेदेखि थालेको हो?
– विसं २०७५ असार २९
५. कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?
– राजवंशी
६. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?
– किलिमन्जरो
७. नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?
– कतार (सन् २००५ अप्रिल २१)
८. नेपालमा हाल लागू राष्ट्रिय खनिज नीति कुन हो ?
– राष्ट्रिय खनिज नीति-२०७४
९. नेपालकै पहिलो फलाम उद्योग “धौवादी फलाम खानी लिमिटेड” को स्थापना कहिले भएको हो ?
–विसं २०७६ पुस १६ गते
१०. सेता रक्तकोष आवश्यकभन्दा बढी भएमा कुन रोग लाग्दछ ?
– ल्युकोमिया
११. रोमको एउटा फूल र पेरिसको एउटा काँडाका लेखक को हुन् ?
– लैनसिंह बाङ्देल
१२. बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुन-कुन हुन् ?
–लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर
१३. रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कुन हो ?
– कोशी टप्पु, सन् १९८७
१४. विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ?
–इसाबेल पेरोन, अर्जेन्टिना
१५.नेपालमा इन्टरनेटको सुरुवात कहिलेदेखि भएको हो?
– सन् १९९४
१६. नेपालमा राष्ट्रिय महिला आयोगको गठन कहिले भएको हो ?
–विसं २०५८ फागुन २३
१७. खाडी मुलुकमा घरेलु कामदारमा जाने महिलाको उमेर हद कति तोकिएको छ ?
–२४ वर्ष
१८. सबै जिल्लामा स्वास्थ्य बीमा लागू गर्ने पहिलो प्रदेश कुन हो ?
– सुदूरपश्चिम प्रदेश
१९. १२४ घण्टा तीस मिनेट निरन्तर पुस्तकपढी विश्वकीर्तिमान कायम गर्ने नेपाली प्रतिभा को हुन्?
–मुकेशराज जोशी
२०. असंलग्न राष्ट्रहरूको १८औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
– सन् २०१९अक्टोबर२५-२६(अजरवैजानको राजधानी वाकु)
२१. विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सरकारद्वारा घोषित पाँचवर्षे योजनाको अवधि कुन हो ?
– सन् २०१७-२०२१
२२. नेपालमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने बैङ्क कुन हो ?
– नबिल बैङ्क ( २०७४ भदौ २३ )
भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com