प्रचण्ड आजै सरकारी निवास बालुवाटार सर्ने


लेखक : लेखापढी      १३ पुष २०७९, बुधबार १४:२३ मा प्रकाशित     
प्रचण्ड आजै सरकारी निवास बालुवाटार सर्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । उनी अपराह्न ५ बजे बालुवाटार सर्ने तय भएको सचिवालयले जनाएको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निजी निवासमा ज्योतिषी बोलाएर बालुवाटार सर्ने साइत हेराएका छन्।

निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराएका थिए । देउवाले निवास खाली नगराउँदा उनको शपथमा ढिलाइ हुँदै आएको थियो ।  

देउवाको बूढानीलकण्ठ स्थित निवास मर्मतको कार्य चलिरहेकाले उनी भाडाको घरमा बालुवाटारबाट सरेका हुन् ।