नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने


नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार राजनीतिक माग पुरा नभएसम्म पार्टी सरकारमा सहभागी नहुने भएको हो। नागरिक उन्मुक्ति पार्टीका पाँच सांसद छन्। 

‘हामी हाम्रो राजनीतिक मुद्दामा केन्द्रित छौँ। अहिले हामीले सरकारलाई समर्थन मात्रै गरेका हौँ। तत्कालै सरकारमा जाने हाम्रो सोच छैन,’।

श्रेष्ठले आज डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग छलफल समेत गरेकी थिइन्। ‘आजको भेटघाट कुनै राजनीतिक सवालमा केन्द्रित थिएन। सामान्य र नियमित भेट अर्न्तगत भएको हो,’ उनले भनिन्।