प्रचण्डको शपथसँगै रवि लामिछाने आजै बन्न सक्नेछन मन्त्री


लेखक : लेखापढी      ११ पुष २०७९, सोमबार १४:०९ मा प्रकाशित     
प्रचण्डको शपथसँगै रवि लामिछाने आजै बन्न सक्नेछन मन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज दिउसो हुने भएको छ । दिउसो ४ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरिएको छ ।

प्रचण्डसँगै आज सानो आकारको मन्त्रिपरिषद् बन्ने छ । 

 
 
 

नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ भने एमालेबाट विष्णु पौडेल सरकारमा सहभागी हुने तयारी छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि आजै सरकारमा सहभागी हुने तयारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको छ । 

यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको सो पार्टीका एक नेताले जानकारी दिए ।

“हामीले गृह मन्त्रालय भनेका छौँ, त्यो भएन भने भौतिक मन्त्रालयमा अडान रहने छ,” उनले भने, “श्रम मन्त्रालय पनि हाम्रो रोजाइमा परेको छ ।”

उनका अनुसार उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।