गजल (डोट्याली भाषा)


गजल  (डोट्याली भाषा)
छुटी आज मेरी इसी जर्मथात ।
उसै ठौरले जो दियो नाम जात ।
 
उनै गाउँ गर्खा सखा सम्झनाकी,
म लेखौ भणन्ज्या लुलीझान्छ हात ।
 
आखाँ आँसु झड्डा हिया धड्किनो छ,
कठै दैव तैले गरी क्या कि घात ।
 
भया ह्यून जाडी मुढा खोज्ज झान्थ्या,
सुणन्थ्या अगेठा बसी आइ्न बात ।
 
खुद्यौडा बसी जो गुड्यागाज खान्थ्या ,
इसै आस झान्थी पुषै ठण्ण रात ।
 
उठी रात्तनी घाम ताप्दा कि डाङा,
गया याद औन्छी गरि गोठ पात ।
 
पडी रात खारो फुसर्पट्ट धौलो,
बटा गाड भीणा हुन्या खात खात ।


केशव मडै (किर्सन)
सुर्नया -५ बैतडी 
हाल : युएई 
(नेपाली साहित्य विधामा निरन्तर कलम चलाउदै आएका केशब मडैले प्रस्तुत गजल “भुजङ्गप्रयात छन्द” मा लेख्नुभएको छ। – लेखापढी डटकम)