चार्ल्स शोभराज केन्द्रीय कारागारबाट रिहा, डिल्लीबजार कारागार पठाउने तयारी


लेखक : लेखापढी      ८ पुष २०७९, शुक्रबार १४:१७ मा प्रकाशित     
चार्ल्स शोभराज केन्द्रीय कारागारबाट रिहा, डिल्लीबजार कारागार पठाउने तयारी

काठमाडौं- विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी गरिएको छ । केन्द्रीय कारागार सुन्धाराबाट मध्याह्न रिहा भएका शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी गरिएको हो ।

उनी अहिले अध्यागमन विभागमा छन् । थप कागजी प्रक्रियाका लागि उनलाई डिल्लीबजार कारागार पठाउन लागिएको अध्यागमन र सुरक्षा स्रोतले जनाएको छ । कागजी प्रक्रिया नमिलेसम्म उनी उनी डिल्लीबजार कारागारमा रहनेछन् । 

उनको पासपोर्टलगायत कागजात नभएकाले सो प्रक्रिया पूरा नभएसम्म डिल्लीबजार कारागारमा रहनेछन् ।