चार्ल्स शोभराजलाई कैदमुक्त गरि १५ दिनभित्र आफ्नै देश फर्काउन सर्वोच्चको आदेश

लेखक : लेखापढी      ७ पुष २०७९, बिहीबार ०१:२६ मा प्रकाशित     
चार्ल्स शोभराजलाई कैदमुक्त गरि १५ दिनभित्र आफ्नै देश फर्काउन सर्वोच्चको आदेश

काठमाडौं- चार्ल्स शोभराजलाई आजै कैदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।  न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो ।

आदेशमा शोभराजलाई अन्य मुद्दामा कैद भुक्तानी गर्नुपर्ने अवस्था नभए आजै मुक्त गरी १५ दिनभित्र आफ्नै देशमा फिर्ता पठाउन भनिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा इजलासले यस्तो आदेश दिएको हो ।
१९ वर्ष कैद सजाय भोगिसकेको र वृद्ध भएको हुँदा उनले कानुनले दिएको सुविधा पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । 

काठमाडौं । चार्ल्स शोभराजलाई आजै कैदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।  न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो ।

आदेशमा शोभराजलाई अन्य मुद्दामा कैद भुक्तानी गर्नुपर्ने अवस्था नभए आजै मुक्त गरी १५ दिनभित्र आफ्नै देशमा फिर्ता पठाउन भनिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा इजलासले यस्तो आदेश दिएको हो ।
१९ वर्ष कैद सजाय भोगिसकेको र वृद्ध भएको हुँदा उनले कानुनले दिएको सुविधा पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।

अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई नेपालमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।

शोभराजलाई २०८० असोज १ सम्म कैदमा राख्नुपर्ने देखिन्छ । 

आदेशमा भनिएको छ, “रिट निवेदक मुटुको रोगीको लागि ओपन हार्ट सर्जरी गर्नुपर्ने र हाल ७८ वर्षको वृद्ध देखिन्छ । कारागार नियमावली, २०२० को नियम २९ (२क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परि निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको देखिन्छ । यो सुविधा विदेशी नागरिकलाई समेत दिन सकिने देखिन्छ । हाल निजले १९ वर्ष कैद अर्थात् ९५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिन्छ ।”

शोभराजले अहिले पनि पाँच किसिमको औषधि सेवन गरिरहेको र सर्वोच्च अदालतबाट २०७५ फागुनमा भएको परमादेशपछिको अवधिमा निजको चालचलन तथा व्यवहारमा खासै परिवर्तन हुन नसकेको भए पनि नकारात्मक कार्य गरेको भन्न सकिने अवस्था देखिन नआएको भनी केन्द्रीय कारागारले भनेको आदेशमा उल्लेख छ ।

त्यसैगरी शोभराजको चालचलनमा सुधार आएकाले कैद भुक्तानमा छुट दिन यसअघि दुई दुई पटक सिफारिस गरिएको र उक्त तथ्य कारागार कार्यालयबाट असल चालचलनको आधारमा कैद मिनाहाको सिफारिस गरिएको देखिएको उल्लेख छ ।

“कैद छुटको निमित्त असल चालचल भए नभएको सिफारिस गर्ने नगर्ने, कैद छुटको निर्णय गर्ने नगर्ने स्वविकेकीय अधिकार प्राप्त अधिकारीले स्वविवेकीय अधिकारको प्रयोग गर्दा उत्तरदायित्वबोध, तथ्यगत सन्दर्भ, हासिल गर्न खोजेको उद्देश्य र कैदीको अधिकारलगायत समग्र पक्षमा हेरी निर्णय गर्नुपर्ने देखिन्छ,” आदेशमा भनिएको छ ।

आदेशमा अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए निजलाई आजै कैदबाट छाडीदिन आदेश दिइएको छ ।

साथै १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत आदेश गरिएको छ ।

चार्ल्स शोभराज तिनै व्यक्ति हुन् जसले कुनै बेला ‘नेपालको एअरपोर्टबाट हात्ती छिराइदिन सक्छु’ भनेका थिए । भारतीय मूलका फ्रेन्च नागरिक शोभराजको वास्तविक नाम हाचन्ड भओनानी गुरुमुख चार्ल्स शोभराज हो । सन् १९४४ अप्रिल ६ मा भियतनाममा जन्मिएका उनका बाबु भारतीय मूलका हुन् भने आमा भियतनामी हुन् ।

सन् १९६३ मा १९ वर्षको उमेरमा पहिलो पटक पेरिसमा चोरी प्रयास गर्दा उनी एक वर्ष जेल परे । जेल बसाईकै क्रममा अन्डरवर्ल्ड समूहसँग सम्बन्ध विस्तार गरेका उनी जेलबाट छुटेपछि थप आपराधिक क्रियाकलापमा संलग्न भए ।

फ्रान्समा प्रहरीले निगरानी बढाएपछि उनी सन् १९७० मा भारतको मुम्बई आए जहाँ उनले सुरुमा कार चोर्ने र बेच्ने काम थाले ।

भारतबाट इरान, टर्की, ग्रिस हुँदै उनी थाइल्याण्ड पुगे जहाँ उनले तीन पर्यटकको हत्या गरे । सन् १९७५ मा  भएको उक्त घटनाले थाइल्यान्डमा तहल्का मच्चायो । हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी पुनः भारत छिरे । सन् १९७० देखि १९७६ कोबीचमा मात्र उनले २० भन्दा बढीको हत्या गरेको बताइएको छ ।

सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गर्‍यो । सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । सन् २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाएँ सुनाएको थियो ।

11671626041.jpg

21671626041.jpg

31671626043.jpg

को हुन् चार्ल्स शोभराज ?