आफ्नै घरमा आगो लगाए,१५ लाखभन्दा बढीको क्षति


लेखक : लेखापढी      ५ पुष २०७९, मंगलवार ११:४४ मा प्रकाशित     
आफ्नै घरमा आगो लगाए,१५ लाखभन्दा बढीको क्षति

सर्लाहीको हरिपुर नगरपालिका-२, जगतपुरका युवकले सोमबार राति आफ्नै घरमा आगो लगाएका छन्।

हरिपुर –२ का कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले आगो लगाउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । उनको मानसिक सन्तुलन ठीक नभएको कुरा खुलेको हो।

आगलागीबाट इँट्टा र काठले बनेको दुईतले घरसहित घरभित्र रहेको अनाज, कपडा, भाँडा ,नगद पैंसा र अन्य सरसामान जलेर नष्ट भएको प्रहरीले बताए। 

नगरपालिकाबाट गएको दमकलको सहयोगमा स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएको थियो। आगलागि सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले जानकारी दिएका छन।