लिओनल मेस्सीले तत्काल सन्यास नलिने, च्याम्पियनको रुपमा अझै खेल्न चाहने


लिओनल मेस्सीले तत्काल सन्यास नलिने, च्याम्पियनको रुपमा अझै खेल्न चाहने

काठमाडौं-  लिओनल मेस्सी तत्काल सन्यास नलिने बताएका छन् । उनले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका हुन् । 

उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा आफूले अझै खेल्ने बताए । ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु । म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ,’ मेसीले भने ।

उनले आफूले चाहेको सबै कुरा पाएको र योभन्दा बढी भगवानसँग माग्न नसक्ने बताए ।