रुघाखोकी जुनसुकै मौसममा जोकोहीलाई लाग्न सक्छ। शरीरमा इम्युनिटी पावर राम्रो भयो भने रोगलाई सहजै परास्त गर्न सकिन्छ।
शरीरमा इम्युनिटी बढाउन खाने कुरामा विशेष ध्यान दिनुपर्छ। नेपालमा चिसो दिनहुँ बढ्दो छ। यस्तो अवस्थामा रुघा लाग्ने सम्भावना बढी हुन्छ।
त्यसैले इम्युनिटी पावर बढाउन फलफूलको सेवनमा विशेष ध्यान दिनु आवस्यक छ।
बेसारयुक्त दूध वा जुस : रुघाका कारण भोक लाग्दैन । नास्ता नगर्दा रुघाका कीटाणु अझ बढी सक्रिय हुन्छन् । यदि रुघाबाट छिटै मुक्ति प्राप्त गर्ने हो भने बिहान नास्ता गर्नुपर्छ । सकिन्छ भने नास्तामा बेसार हालिएको दूध पिउनुपर्छ । दूध पिउने चाहना नभए सुन्तलाको जुस पिउनुपर्छ । सुन्तलामा भिटामिन सी हुन्छ, जसले रुघालाई निको पार्न सहयोग गर्छ । भिटामिन सीले इम्युन सिस्टम पनि बलियो हुन्छ ।
स्टिम : रुघा लाग्दा नाक बन्द हुन्छ । यस्तोमा श्वास लिँदा समस्या हुन्छ । बन्द नाक खोल्न कतिपय अवस्थामा औषधि प्रयोग गर्नुपर्छ । यद्यपि औषधिभन्दा स्टिम लिनु उपयुक्त हो । यो बन्द नाकको प्रभावकारी समाधान हो । यसबाट कफ बाहिर निस्कन्छ र राहत प्राप्त हुन्छ । चाँडै राहत प्राप्त गर्न दिनमा तीन पटकसम्म स्टिम लिनुपर्छ ।
हट साबर : रुघाखोकीका कारण अल्छी लाग्छ र मानिसहरू ओछ्यानमै बस्न रुचाउँछन् । १२ घन्टाभित्र यदि रुघाबाट छुटकारा प्राप्त गर्न चाहने हो भने बिहानीपख हट साबर लिनुपर्छ अर्थात् बिहान उठ्ने बित्तिकै तातोपानीले नुहाउनुपर्छ ।
एक्सरसाइज : रुघा लाग्दा शरीरलाई पूर्णरूपमा शिथिल हुन दिनु हँ‘दैन । आफ्नो काम गरिरहनुपर्छ । चाँडै राहत प्राप्त गर्न एक्सरसाइज गर्नुपर्छ । यसबाट ब्लड सर्कुलेसन वृद्धि हुन्छ । जसबाट शरीरमा गर्मी बढ्छ र रुघाबाट राहत प्राप्त हुन्छ । एक्सरसाइजबाहेक बेडबाट उठेर केही क्षण टहल्नुपर्छ ।
स्पाइसी करी : राति डिनरमा सादा दालको साटो मसलायुक्त तरकारी बनाउनुपर्छ । यसमा अदुवा, लसुनको पेस्टका साथै सबै गरम मसला हाल्नुपर्छ । तातो करीमा हालिने गरम मसलाले रोगप्रतिरोधक क्षमता बढाउँछ ।
तातो सूप : रुघाबाट राहत प्राप्त गर्न घरमै तयार पारिएको तातो सूप पिउन सकिन्छ । पटक–पटक सूप पिउँदा रुघाबाट राहत प्राप्त हुन्छ ।
हर्बल चिया : केही समयमै रुघाबाट राहत प्राप्त गर्ने हो भने साधारण चियाको साटो हर्बल चिया सेवन गर्नुपर्छ । यसमा अदुवा, मरिच, तुलसी, दालचिनी आदिको मिश्रण हुन्छ ।
खान नहुने कुराहरु :
चिया, कफी, मदिरा चिनियुक्त खाद्यपदार्थ यस्तो पदार्थको सेवनले ब्याक्टेरियासँग लड्ने क्षमतामा कमी ल्याउँछ ।
चिसोबाट यसरि बच्नुहोस् :
शरीरलाई चिसोबाट बचाउँदै न्यानो राख्नुपर्छ । यस्तो अवस्थामा शरीरलाई आरामको आवश्यकता पर्छ ।
नुनपानीले कुल्ला गर्दा पनि समस्या थप बल्झन पाउँदैन । विशेषगरी घाँटीको संक्रमणमा कुल्ला गर्न अनिवार्य हुन्छ ।
नाक बन्द भएको अवस्थामा मनतातो नुनपानीले नियमित सफा गर्नुपर्छ ।
कहिलेकाहीँ सामान्य रुघा तथा फ्लुले जटिल रूप लिन पनि सक्छ । त्यसैले यस्तो समस्यामा हेलचेक्र्याइँ नगरी चिकित्सककहाँ जान जरुरी हुन्छ ।
अम्बा
अम्बा स्वास्थ्यका लागि निकै लाभदायक फल हो। यसले स्वास्थ्यमा थुप्रै फाइदा पु-याइरहेको हुन्छ। यसमा हुने औषधीय गुणका कारण यसलाई ‘अमृत फल’ पनि भनिन्छ।
अम्बामा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रसस्त मात्रामा पाइन्छ। जसले रोग प्रतिरोधात्मक क्षेमता वृद्धि गर्छ। र, विभिन्न रोगको संक्रमण हुनबाट जोगाउँछ।
अम्बामा प्रसस्त मात्रामा फाइबर पनि पाइन्छ। जसले ब्लड सुगर र मुटुका लागि फाइदा पु-याउँछ।
नासपाती
अम्बा जस्तै नासपाती पनि स्वास्थ्यका लागि दाभदायक फल हो। यसमा पनि भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ। जसले इम्युनिटी बढाउन सहयोग गर्छ।
नासपातीलाई सामान्य रुघा लाग्दा, फ्लु वा अन्य केही हल्का बिरामी भएमा खान सल्लाह दिनेगरिन्छ। यसको सेवनले मुटु रोगबाट पनि जोगिन सकिन्छ।
आरुबखडा
आरुबखडामा भरपुर मात्रामा पोषक तत्व पाइन्छ। यसमा भिटामिन ए, सी, के र फाइबर हुन्छ।
यसका अलावा यसमा एन्डिअक्सिडेन्ट पनि हुन्छ। जसले गर्दा यसको सेवनले शरीरमा इम्युनिटी पावर बढ्न जान्छ। र, रोगसँग लड्न मदत्गार हुन्छ। आरुबखडा खाँदा शरीरमा शक्ति पनि पैदा हुन्छ। तर, कुनै पनि चिजको सेवनभन्दा पहिले चिकित्सकको सल्लाह भने आवश्यक हुन्छ।
सुन्तला
सुन्तला पोषक तत्वले भरपुर फल हो। त्यसैले रुघा लाग्दा विशेषज्ञले सुन्तलाको सेवनका लागि सुझाव दिइरहेका हुन्छन्।
सुन्तला भिटामिन सीले भरपुर हुन्छ। जसले इम्युनिटी पावर बढाउन सहयोग गरिरहेको हुन्छ। सधै सुन्तलाको जुस पिउनु पनि स्वास्यका लागि निकै लाभदायक हुन सक्छ।
मौसमी
मौसमीले पनि इम्युनिटी पावर बढाउँछ। किनकि यो पनि भिटामिन-सी र एन्टिअक्सिडेन्टले भरपुर हुन्छ।
यसको नियमित सेवनले रुघा र जोरोको समस्याबाट जोगिन सकिन्छ। यस्तै ब्याक्टेरिया र भाइरससँग लड्न पनि यसको सेवन लाभदायक हुन सक्छ।